बुधबार, भाद्र २५,२०८२ 03:11:59
  • बुधबार, भाद्र २५,२०८२ 03:11:59
Global IME Bank Limited

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Hyundai Nepal
अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासनको तयारी गरेको हो । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभाखोलाबी २१.५ मेगावाट र सभाखोलासी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अबको १ वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.