बुधबार, माघ ९,२०८१ 06:48:11
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:48:11
IME remit
Global IME Bank Limited

७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन, हकप्रद मात्रै रु.९ अर्ब ८० करोड

Hyundai Nepal
७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन, हकप्रद मात्रै रु.९ अर्ब ८० करोड
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको ७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासनको अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेबोनले माघ महिनासम्म साधारण सेयर, हकप्रद, म्युचुअल फण्ड र डिबेञ्चर गरी २४ अर्ब ७७ करोड रुपैयाँमाथिको धितोपत्र निष्कासनको अनुमति दिएको हो ।  

बोर्डले ५ वटा कम्पनीलाई हकप्रद, ६ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ), ४ वटा म्युचुअल फण्ड र ४ वटा डिबेञ्चर निष्कासन गर्न अनुमति दिएको हो । सात महिनाको अन्तरालमा बोर्डले १९ वटा कम्पनी तथा सामूहिक लगानी कोषलाई धितोपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।  

सेबोनले घलेम्दी हाइड्रो, सिंगटी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो र रिडी पावरलाई कुल ९ अर्ब ८० करोड रुपैयाँको हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो ।  

त्यस्तै, सो अवधिसम्म ६ वटा कम्पनीलाई साढे ३ अर्ब रुपैयाँको आईपीओ जारी गर्न सेबोनले अनुमति दिएको थियो । सोनापुर मिनरल्स आयल, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ्ग, हिमालयन रि इन्स्योरेन्स र सर्वोत्तम सिमेन्ट्सलाई कुल ३ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्न अनुमति दिएको थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

जसमध्ये सोनापुर मिनरल्स आयललाई अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ प्रिमियम थप गरी २३७ रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरेर २०६ रुपैयाँमा आईपीओ जारी गर्न अनुमति दिइएको थियो । यसका साथै सर्वोत्तम सिमेन्ट्सलाई ३६० रुपैयाँ ९० पैसामा बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न दिइएको थियो ।  

बोर्डले चारवटा म्युचुअल फण्ड एनआइबीएल सहभागिता फण्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टेमेन्ट स्किम, एनआईसी एशिया ग्रोथ स्किम–२ र कुमारी सबल योजनालाई ६ अर्ब १ करोड रुपैयाँको म्युचुअल फण्ड जारी गर्न अनुमति प्रदान गरेको थियो ।  

साथै चारवटा वाणिज्य बैंकले कुल १ अर्ब ६१ करोड रुपैयाँको ऋणपत्र जारी अनुमति पाएको थियो । सिटिजन बैंक, कुमारी बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डिबेञ्चर जारी गर्न सेबोनबाट अनुमति पाएको थियो ।  

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमालले ७ महिनामा १९ वटा कम्पनीलाई धितोपत्र निष्कासनको अनुमति प्रदान गरेको थियो । गत पुष २० गते निवर्तमान अध्यक्ष हमालले पदबाट राजिनामा दिएपटि धितोपत्र बोर्ड अध्यक्षबिहिन छ ।  

बोर्ड अध्यक्षबिहिन हुँदा ५० वटा भन्दा बढी कम्पनी धितोपत्र निष्कासनको अनुमति कुरेर बसेका छन् । जसमा ३५ वटा कम्पनी आईपीओ निष्कासनको अनुमति लिन बोर्डको पाइपलाइनमा छन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.