काठमाण्डौ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।
उक्त सभामा कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने,जारी पूँजीमध्ये व्यक्तिगत सम्पर्कका माध्यमबाट नयाँ संस्थापकहरुमा बढीमा ३ करोड मूल्यबराबरको थप संस्थापक सेयर जारी गर्ने,यसपश्चात सर्वसाधारणका लागि छुट्टाइएको सेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने र कम्पनीको प्रबन्धपत्र लगायतका विविध प्रस्ताव पारित गरिनेछ ।