प्रिमियममा आईपीओ ल्याउन लागेको हुलास फिनसर्भको उत्कृष्ट वित्तीय प्रदर्शन, सेयर बिक्रीअघि नै लाभांश क्षमता ९३%
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वित्तीय प्रदर्शन उत्कृष्ट देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८/८२ को तुलनामा ८४.४५ प्रतिशत बढी हो । अघिल्ल्लो आवमा कम्पनीले २१ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानीमा...

