काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । नेपालमा नै पहिलो पटक रँग उद्योगको तर्फवाट आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एभरेष्ट कलरले ३ करोड ९० लाख सेयर पूँजी बराबरको ५० अंकित दरको ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले केयर–एनपी बीबी माइनस(आईएस)(डबल बी माइनस(इक्युअर) रेटिङ्ग प्रदान गरेको छ ।
२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडल ेअनुभवी युवाहरुद्धारा नेपाली बजारमा रँग उत्पादन तथा बिक्रि वितरण गर्दै आईरहेको छ । गुणस्तरीय कलर उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृृजना गर्ने तथा आन्तरीक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने यस कम्पनीको प्रमुख उद्देश्य रहेको छ ।
आई एसओ ९००१ः२०१५ प्रमाणित यस कम्पनीले अन्र्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि, गुण्स्तरीय कच्चापदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो रँग उत्पादनको अनुसन्धान तथा विकास गरी गुणस्तरीय उत्पादन तथा सेवामार्फत नेपाली रँगको वजारमा आफ्ना उत्पादनहरू उपभोक्ताहरुलाई प्रदान गरी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स,वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ । हाल यस कम्पनीद्वारा पूर्वमा फिदिम देखि पश्चिममा धनगढी सम्म २०० भन्दा बढि व्यवसायिक साझेदारीहरु मार्फत आफ्ना उत्पादनहरू बिक्रि वितरण गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                