बुधबार, भाद्र २५,२०८२ 02:54:26
  • बुधबार, भाद्र २५,२०८२ 02:54:26
Global IME Bank Limited

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Hyundai Nepal
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले रु.१०० अंकित दरका ३० लाख कित्ताले हुन आउने रु.३० करोड रकमबराबरको साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।  

यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट अनुमति  प्राप्त नेपालको पहिलो प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो । 

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरुमा संचालन हुने कम्पनीहरुमा पूँजी परिचालन गरिसकेको छ ।  

यस संस्थालाई इन्स्योरेन्स कम्पनीहरु हिमालयन लाइफ इन्स्योरेन्स,हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स का साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रवर्धन गरेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.