काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई आइपीओ जारी गर्न असार ५ गते अनुमति प्रदान गरेको हो ।
लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो ।
संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।