काठमाण्डौ । सिउरी न्यादी पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औँ वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभाले कम्पनीको आयोजनाको लगानी व्यवस्थापनका लागि प्राथमिक सेयर निष्कासन(आईपीओ) जारी गर्ने विेशष प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले कम्पनीको अधिकुत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभामा गत आवको वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरु समेत पारित गरिने कम्पनीले जनाएको छ ।