आईतवार, बैशाख ६,२०८३ 05:36:41
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:36:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, साधारण सभाबाट पारित गर्ने तयारी

Bizshala
सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, साधारण सभाबाट पारित गर्ने तयारी
Shivam Cement

काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  

उक्त सभा आगामी वैशाख २२ गते शनिबारका दिन काठमाण्डौको लैनचौरमा रहेको लैनचौर ब्याङक्वेटमा दिनको १ बजे सुरु हुनेछ । उक्त सभामा नियमनकारी निकायको स्वीकृतीबाट प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल,थपघट वा सामान्य संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ थप गरेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव साधारण सभाबाट पारित गर्ने तयारी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १०६ करोड रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट सिफारिस स्वतन्त्र सञ्चालकलाई नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।  

विस २०६५ सालमा स्थापित सोपान मल्टिपल कम्पनीले शिक्षा,स्वास्थ्य,जलविद्युत,रियल स्टेट र पूर्वाधारजस्ता क्षेत्रमा लगानी गर्ने गरेको छ ।    

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.