बुधबार, भाद्र २५,२०८२ 03:19:14
  • बुधबार, भाद्र २५,२०८२ 03:19:14
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्सले इक्रा नेपालबाट पायो यस्तो रेटिङ

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्सले इक्रा नेपालबाट पायो यस्तो रेटिङ

काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्सलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले मारुती सिमेन्टस्लाई [ICRANPIR] BBB@* निष्कासनकर्ता रेटिङ्ग प्रदान गर्नुका साथै प्रतिकूल प्रभाव सहित सूक्ष्म निगरानीमा राखेको छ ।  

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुने इक्रा नेपालले जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्राले जनाएको छ ।  

मारुती सिमेन्ट्सले आईपीओ निश्कासनको अनुमति माग गर्दै गत पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निश्कासनको माग गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँबराबरको १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्नेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.