मंगलवार, फाल्गुन ५,२०८२ 09:52:42
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 09:52:42
Bizshala
Global IME Bank Limited

आजदेखि सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

आजदेखि सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Shivam Cement

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन १९ गते हुनेछ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  जसअन्तर्गत पहिलो चरणअन्तर्गत कम्पनीले गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.