सुपर खुदी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै ६.१६ गुणा बढी आवेदन
काठमाण्डौ । सुपर खुदी हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६.१६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा ७९ करोड २५ लाख ४० हजार रुपैयाँ बराबरको ७९ लाख २५ हजार ४०० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा बढी हो । कम्पनीको आइपीओमा ७ लाख ८ हजार ४९० जनाले आवेदन दिएका छन् ।

