काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर खुदी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसकेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १ करोड २४ लाख कित्ता संस्थापक सेयरधनीहरुले लगानी गरेको र ३१ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिएको सेयर रहेको छ ।
नेप्सेले कम्पनीको सेयर पहिलो कारोबारको लागि १०० रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । सोही मूल्यकै आधारमा भोलिदेखि कम्पनीको कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।