काठमाण्डौ । बजार नियामक सेबीबाट स्वीकृति पाएसँगै भारतको हुन्डाई मोटर्स इन्डियाले भारतीय बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले आगामी अक्टोबरमा आईपीओ जारी गर्ने सक्नेछ ।
हुन्डाईले आईपीओ निष्कासन गर्न जुन २०२४ मा भारतीय धितोपत्र तथा विनिमय बोर्डमा ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस फाइल गरेको थियो। कम्पनीले आईपीओमार्फत करिब २५ हजार करोड भारु उठाउने लक्ष्य लिएको छ । जसको लागि कम्पनीले एउटा पनि नयाँ सेयर जारी गर्नेछैन । कम्पनीका विद्यमान लगानीकर्ता र प्रवर्द्धकहरूले बिक्री प्रस्ताव (ओएफएस) मार्फत आफ्नो सेयर बिक्री गर्नेछन्।
२० वर्षमा भारतमा अटो निर्माता कम्पनीको पहिलो आईपीओ
यो आईपीओ २० वर्षमा भारतमा अटो निर्माता कम्पनीको पहिलो आईपीओ हुनेछ। यसअघि मारुती सुजुकीको आईपीओ सन् २००३ मा आएको थियो । हुन्डाई, मारुती सुजुकी पछि भारतको दोस्रो ठूलो कार निर्माता हो।
एलआईसी पछिकै सबैभन्दा ठूलो आईपीओ
हुन्डाई इन्डियाको आईपीओ करिब २५ हजार करोड भारुको हुनेछ । यो भारकै सबैभन्दा ठूलो आईपीओ हुनेछ । यसअघि सन् २०२२ मा भारत सरकारले बीमा कम्पनी एलआईसीको २१ हजार करोड भारुबराबरको आईपीओ बिक्री गरेको थियो । भारतीय बजारमा आईपीओ जारी भ्एमा हुन्डाई मोटर इन्डिया भारतको चौथो ठूलो सूचिकृत अटो कम्पनी हुनेछ ।
हुन्डाई मोटर भारतको सेयर बजारमा सूचिकृत भएमा यो मारुती–सुजुकी, टाटा मोटर्स, महिन्द्रा एण्ड महिन्द्रापछि चौथो ठूलो अटोमोबाइल कम्पनी बन्नेछ। हुन्डाई मोटर इन्डिया मारुती पछि देशको दोस्रो ठूलो कार कम्पनी हो।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                