हुन्डाई मोटर कम्पनीको ५७औँ वार्षिकोत्सव मनाइयो
काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले नवप्रवर्तन, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत भविष्यको मोबिलिटीलाई आकार दिँदै आएको ५७ वर्ष पूरा गरेको छ। सन् १९६७ मा स्थापना भएको हुन्डाई आज विश्वव्यापी रूपमा विश्वासिलो अटोमोबाइल ब्रान्डका रूपमा स्थापित भई २०० भन्दा बढी देशमा आफ्ना सवारी साधन तथा मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।

