सोमबार, मंसिर ८,२०८२ 11:34:02
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:34:02
IME remit
Global IME Bank Limited

हुण्डाईको 'फेस्टिभ डिलाइट-२०८१' योजना सार्वजनिक, भाग्यमानीलाई 'मेडइन नेपाल भेन्यू' उपहार

Hyundai Nepal
हुण्डाईको 'फेस्टिभ डिलाइट-२०८१' योजना सार्वजनिक, भाग्यमानीलाई 'मेडइन नेपाल भेन्यू' उपहार
Shivam Cement

काठमाडौ । हुन्डाई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले दशैं–तिहारलक्षित 'फेष्टिभ डिलाईट-२०८१' योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकहरुको दशैंतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले 'मेड इन नेपाल-हुण्डाई भेन्यू' लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाडपर्वलक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना पनि मानिन्छ । 

CG Motors
New Office
Garima Development Bank

'हुन्डार्ड फेष्टिभ डिलाइट-२०८१' अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. १० लाखसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप रु.१ लाखसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समयसापेक्षित ग्राहकलक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

भदौ ११ गतेदेखि सुरु हुने 'नाडा अटो शो-२०२४' मा बुकिङ्ग गर्ने ग्राहकहरुले पनि यस योजनाबाट लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ ।  

'नाडा अटोशो-२०२४' मा हुन्डाईको A*2  स्टल भ्रमण गरेर इच्छुकले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।  

यसै अवसरमा हालै चलिरहेको हुण्डाई टेस्ट डाइभ एण्ड विन  क्याम्पेनअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लञ्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खालि नहुने गरी प्राप्त गर्नसक्नेछन् ।  

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभर  १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३ वटाभन्दा बढी चार्जिङ पोइन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले  विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.