बिहीबार, आश्विन १,२०८३ 09:54:01
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:54:01
Bizshala
Global IME Bank Limited

नेपालमै बनेको नयाँ हुन्डाई भेन्यू सार्वजनिक, ‘एन लाइन’ पनि बजारमा

आकर्षक डिजाइन र अत्याधुनिक फिचरसहित आएको भेन्यूको मूल्य ४८.९६ लाखदेखि, स्पोर्टी एन लाइनलाई ६७.९६ लाख पर्ने

नेपालमै बनेको नयाँ हुन्डाई भेन्यू सार्वजनिक, ‘एन लाइन’ पनि बजारमा
New Office

काठमाण्डौ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै निर्मित नयाँ हुन्डाई ‘भेन्यू’ र ‘भेन्यू एन लाइन’ सार्वजनिक गरेको छ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति बनाउने लक्ष्यसहित सार्वजनिक गरिएका नयाँ गाडीमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी क्याबिन, उच्च कार्यक्षमता र थप सुरक्षात्मक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

नेपालमै बनेको नयाँ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो गाडी तीनवटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले १,१९७ सीसी पेट्रोल इन्जिनयुक्त एचएक्स–२ र एचएक्स–५ प्लस तथा ९९८ सीसी टर्बो पेट्रोल इन्जिनयुक्त एचएक्स–५ डीसीटी भेरियन्ट बजारमा ल्याएको हो।

स्पोर्टी स्वरूपमा तयार पारिएको नयाँ भेन्यू एन लाइनको सुरुवाती मूल्य भने ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

Shivam Cement
Bizshala
CG Motors

डिजाइनदेखि सुरक्षासम्म व्यापक सुधार

नयाँ भेन्यूलाई आकर्षक र आत्मविश्वासी एसयूभी डिजाइनमा प्रस्तुत गरिएको छ। गाडीमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प तथा विद्युतीय रूपमा सञ्चालन हुने टिल्ट एन्ड स्लाइड सनरुफ दिइएको छ।

गाडीको क्याबिनमा १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले जडान गरिएको छ। सुरक्षाका लागि सबै भेरियन्टमा ६ वटा एयरब्यागलाई मानक सुविधाका रूपमा समावेश गरिएको कम्पनीले जनाएको छ।

नयाँ भेन्यूमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल गरी दुईवटा इन्जिन विकल्प उपलब्ध छन्। यी इन्जिनले आरामदायी यात्रा, इन्धन दक्षता र चुस्त कार्यक्षमताबीच सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ।

Muktinath Bikas Bank Limited

यस्तो छ भेन्यू एन लाइन

हुन्डाईले गतिशील र स्पोर्टी गाडी रुचाउने ग्राहकलाई लक्षित गर्दै भेन्यू एन लाइन बजारमा ल्याएको हो। एन लाइनमा नियमित भेन्यूका प्रविधि, आराम र व्यावहारिक विशेषतालाई कायम राख्दै डिजाइनमा थप स्पोर्टीपन दिइएको छ।

यसमा ‘एन’ ब्रान्ड अंकित सिट र अलोय ह्विल प्रयोग गरिएको छ। गाडीको बाहिरी भागमा बडी–कलर क्ल्याडिङसँगै एन लाइनको पहिचान झल्काउने रातो हाइलाइट समावेश छ। बाहिरी डिजाइनसँग मेल खाने गरी यसको क्याबिनलाई समेत गतिशील र पृथक् स्वरूप दिइएको कम्पनीले जनाएको छ।

नेपालमै निर्मित नयाँ भेन्यू र भेन्यू एन लाइन देशभर रहेका हुन्डाईका आधिकारिक सोरुममा उपलब्ध भइसकेका छन्। ग्राहकले सोरुम पुगेर दुवै गाडी अवलोकन तथा परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.