शुक्रबार, जेष्ठ १,२०८३ 11:39:57
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:39:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हुण्डाइको क्रेटा इभीको औपचारिक लञ्च, नेपालमै एसेम्बल भएको क्रेटा आईसको मूल्य ९ लाखले सस्तियो

Laxmi Sunrise Bank Limited
हुण्डाइको क्रेटा इभीको औपचारिक लञ्च, नेपालमै एसेम्बल भएको क्रेटा आईसको मूल्य ९ लाखले सस्तियो
Shivam Cement

काठमाण्डौ । हुन्डाईले उत्पादन गरेको क्रेटा इभी नेपालमा आज औपचारिक लञ्च भएको छ ।  

क्रेटा इभीसँगै नेपालमै एसेम्बल भएको आईस भर्सनको क्रेटा समेत लञ्च गरिएको छ ।  

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा इभी र नेपालमै बनेको क्रेटा एक कार्यक्रमका बीच लञ्च गरेको हो ।  

ठीक १० वर्षअघि अर्थात सन् २०१५ मा क्रेटा आईस भर्जन लञ्च गरेको कम्पनीले १० वर्षपछि इभीसँगै नेपालमै एसेम्बल भएको क्रेटा लञ्च गर्ने सफलता प्राप्त गरेको हो । 

Bizshala
New Office
CG Motors

लक्ष्मी इन्टरकन्टिनेन्टलले यसअघि पेट्रोल र डिजलबाट चल्ने क्रेटा नै १० हजार युनिटभन्दा धेरै बिक्री गरिसकेको छ । सोहीबमोजिम कम्पनीले क्रेटा इभी पनि उल्लेख्य बिक्री हुने लक्ष्य लिएको छ ।  

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, हुण्डाईको क्रेटा इभी र मेड इन नेपाल भर्जन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै । 

कम्पनीका अनुसार हुन्डाई क्रेटा इभीको डिजाइन पेट्रोल इन्जिनसँग मिल्दोजुल्दो छ । यसमा नयाँ ग्रिल, नयाँ हेडलाइट र टेललाइट तथा नयाँ बम्पर राखिएको कम्पनीले जनाएको छ । गाडीमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ लगायत सुविधा रहेको छ ।

क्रेटा ईभीमा युनिक फ्रन्ट र बडी डिजाइनको कारण ग्राहकहरुको रोजाइमा पर्ने कम्पनीको लक्ष्य छ ।  

ईभीमा आउँदा थपिएको कलर अप्सन, क्लोज अफ ग्रिल, एक्टीभ एयर फ्ल्याप जस्ता फिचरले यसको फ्रन्टलाई आकर्षक देखाएको छ ।

नयाँ कोना इलेक्ट्रीकबाट प्रेरित थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ ।

यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।

यसका साथै हुन्डाई क्रेटा इभीमा दुईवटा ब्याट्री विकल्प छन् । एउटा ४२ किलोवाट आवरको ब्याट्री छ जसले करिब ३९० किलोमिटरको रेन्ज दिन्छ । त्यस्तै, ५१.४ किलोवाट आवरको ब्याट्रीले करिब ४७० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा बिक्री सुरु गरिएको क्रेटा इभीमा भने ४२ किलोवाट आवरको ब्याट्री रहेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

क्रेटा आईसको मूल्य ९ लाखले घट्यो, इभीको कति ?

क्रेटाका दुई फरक भर्जन सार्वजनिक गर्ने कार्यक्रममा मूल्यसूची पनि सार्वजनिक गरिएको छ । नयाँ मूल्यसूची अनुसार नेपालमै एसेम्बल भएको क्रेटा आईसको मूल्य आयात गरिएको क्रेटाको मूल्यको तुलनामा ९ लाख सस्तो पर्ने भएको छ ।  

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार 'क्रेटा मेड इन नेपाल' थिममा तोकिएको नयाँ मूल्यअनुसार क्रेटा ई पेटोल एमजी मोडलको मूल्य ५३ लाख ९६ हजार तोकिएको छ । यो सेगमेन्टमा क्रेटा एसएक्स(ओ) सीभीटीको मूल्य ७८ लाख ९६ हजार तोकिएको छ । यो मूल्य भनेको २०२५ मोडलका आयातित क्रेटाको तुलनामा ९ लाख सस्तो रहेको थपलियाले उल्लेख गरेका छन् ।  

यस्तै, कम्पनीले क्रेटा इभीको मूल्यसूची पनि सार्वजनिक गरेको छ । जसअनुसार क्रेटा इभी एक्जूकेटिभको ५१ लाख ९६ हजार तथा टप भेरिएन्टको रुपमा रहेको क्रेटा इभी प्रिमियमको मूल्य ५९ लाख ९६ हजार तोकिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.