हुण्डाईले बनायो १० करोड कार उत्पादनको रेकर्ड, अटो सेक्टरमै कोसेढुङ्गा
काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले आज एक महत्वपूर्ण कोसेढुङ्गा पार गरेको छ । यो कम्पनीले १० करोड युनिट कारहरुको उत्पादनको रेकर्ड बनाएको हो । यो उपलब्धि कम्पनीको स्थापना भएको ५७ वर्षमा पूरा भएको थियो, जसले यसलाई विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा अगाडि देखाएको छ । यो कोशेढुङ्गाको सम्मानमा हुन्डाई मोटरले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना समेत गरेको थियो...