काठमाण्डौ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम भव्यताका साथ सफल भएको छ ।
सो कार्यक्रममा ६५ भन्दा बढी सन्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा संचारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरु द्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो । संचारकर्मीहरुले कार्यक्रम बिशेष तथा अत्यन्तै महत्वका साथ लिएका थिए ।
त्यसैगरी उद्घाटन समारोहको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो ।
लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादनप्रतिको प्रतिबद्धता देखिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                