शुक्रबार, जेष्ठ १,२०८३ 11:35:06
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:35:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब नेपालमै बन्ने भयो हुन्डाईको कार, प्रधानमन्त्रीले गरे एसेम्बल प्लान्टको उद्घाटन

Laxmi Sunrise Bank Limited
अब नेपालमै बन्ने भयो हुन्डाईको कार, प्रधानमन्त्रीले गरे एसेम्बल प्लान्टको उद्घाटन
Shivam Cement

काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । कम्पनीले नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा उक्त प्लान्ट सञ्चालनमा ल्याएको हो ।  

उक्त प्लान्टको उद्घाटन आज एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । उक्त एसेम्बल प्लान्ट नवलपारी पश्चिमको रामग्राम नगरपालिका ६ मा स्थापना गरिएको छ ।  

यो प्लान्ट चारपांग्रे सवारी एसेम्बल हुने नेपालकै पहिलो प्लान्ट हो । दुई पांग्रे सवारीका एसेम्बल प्लान्टहरु भने यसअघि देखिनै सञ्चालनमा रहेका छन् ।  

सरकारले सवारी साधन एसेम्बलका लागि विभिन्न कर् सहुलियत प्रदान गर्दै आईरहेको छ । सरकारले कार एसेम्बलमा कम्प्लिटली नक्ड डाउ(सीकेडी)भन्सारमा २५ प्रतिशत अन्तःशुल्कमा ५० प्रतिशत र अन्य आयकर छुट प्रदानको व्यवस्था गरेको छ ।    

Bizshala
New Office
CG Motors

प्लान्ट उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए । दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गर्दै लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।  

‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्, देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’ प्रधानमन्त्रीले भने ।  

यसले थप लगानीकर्ता नेपालमा लगानी गर्न आकर्षित हुने र आयात प्रतिस्थापना हुँदै रोजगारीको सिर्जना समेत हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।  

यसका साथै उनले नेपालने गाडी उत्पादन हुने भएपछि नेपालीहरुले सहुलियत मूल्यमा गाडी खरिद गर्न पाउने बताए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.