बिहीबार, असार ३२,२०८३ 08:57:18
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 08:57:18
Bizshala
Global IME Bank Limited

‘हुन्डाई आईओनिक फाइभ एन टीए स्पेक’ले बनायो सबैभन्दा तीव्र ईभीको रेकर्ड

‘हुन्डाई आईओनिक फाइभ एन टीए स्पेक’ले बनायो सबैभन्दा तीव्र ईभीको रेकर्ड
New Office

काठमाण्डौ । हुन्डाई मोटर कम्पनीको आईओनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ । कम्पनीको आईओनिक फाइभ एनले जापानमा गत फेबु्रअरी १५ मा आयोजना भएको ‘अट्याक सुकुबा २०२५’मा सबैभन्दा तीव्र ल्यापटाइमको उपलब्धि हासिल गरेको हो ।  

जापानको इबाराकी प्रदेशमा रहेको चर्चित सुकुबा सर्किटमा रहेको ट्रयाक कम्प्याक्ट र चुनौतिपूर्ण लेआउटका कारण परिचित छ । यो ट्रयाकले सहभागीहरुलाई उनीहरुको सवारीको क्षमता देखाउने उपयुक्त स्टेज प्रदान गरेको थियो ।  

उक्त इभेन्टमा हुन्डाई एन, आईओनिक फाइभ एन टीए(टाइम अट्याक) र चर्चित जापानी व्यवसायिक चालक नोबुटेरु तानीगुचीको साउथ उत्रिएको थियो । ‘ अट्याक सुकुबा २०२५ मा हुन्डाई आईओनिक फाइभ एन टीए चलाउन पाउदा म गौरववान्वित महशुस गरिरहेको छु । जसले मलाई आफ्नो पुरानो ईभी रेकर्ड तोड्न सहयोग गर्यो,’ तानीगुचीले भने,‘आईओनिक फाइभ एन टीए स्पेक एकदमै राम्रोसँग रोकिन्छ र यो एकदमै राम्रो सँग ह्याण्डल गर्न पनि सकिन्छ । उत्कृष्ठ पावरका बाबजुत जबरजस्त कन्करिङ र स्टेबल कर्नर एक्जिटका साथ यसको कन्ट्रोल पनि राम्रो छ । मैले कारलाई वास्तविक आत्मविश्वासका साथ यसको उच्च गतिमा धकेल्न सकेको छु ।’

आईओनिक फाइभ एनको मोटर भेरियन्ट आईओनिक फाइभ एन टीए स्पेकले अवार्ड जित्नु कुनै नौलो विषय नभएको कम्पनीले जनाएको छ । यले सन् २०२४ मा पिक्स पिक इन्टरनेशनल हिल क्लाइम्ब(पीपीआईएचसी)को ‘मोडिभाइड प्रोडक्सन इलेक्ट्रिक एसयुभी’ श्रेणीमा पनि अवार्ड जितेको थियो ।  

यो गाडी कुनैपनि महत्वपूर्ण मोडिफिकेशन बीना प्रोडक्सन स्पेक आईओनिक फाइभ एनको शक्ति प्रदर्शन गर्न डिजाइन गरिएको हो । आईओनिक फाइभ एन टीए स्पेकले स्ट्याण्डर्ड कारको हाई परफर्मेन्स पावर इलेक्ट्रोनिक्स(पीई)सिस्टमलाई कायम गरेको छ ।  

सफ्टवेयर ट्युनिङका बाबजुत स्ट्याण्डर्ड आईओनिक फाइभ एनको तुलनामा टीए स्पेकको अधिकतम आउटपुट ६८७ पीएस पुर्याइएको छ । यस्तै रियर मोटरको पावर पनि ३७ पीएसले वृद्धि गरिएको छ ।    

यसका अतिरिक्त यसमा मोडिफाइड स्पिकरका साथ एन एक्टिभ साउण्डप्लस,न्यू सक एक्जबर्स,मोटरस्पोर्ट–ग्रेड ब्रेक, १८ इन्चको योकोहामा एडभान ००५ स्लिक टायर,रिकारो प्रो रेसर एसपीए हान्स सिट,साबेल सिक्स प्वइन्ट हान्स सेफ्टी हार्नेस र ईभी फायर सप्रेसन सिस्टम समावेश गरिएको छ ।  

५७.४४६ ल्याप टाइमका साथ आईओनिक फाइभ एन टीए स्पेक सुकुबा सर्किटमा गुड्ने सबैभन्दा उच्च गतिको ईभी बनेको छ । यो गति प्रतिष्पर्धि ईभीको तुलनामा झण्डै २ सेकेण्ड बढी हो ।  

यो उपलब्धिले हुन्डाईको उन्नत ईभी प्रविधि र जापानको बढ्दो ईभी बजारमा हुन्डाई मोबिलिटी जापनको दरिलो उपस्थितीलाई दर्शाएको कम्पनीले जनाएको छ । हुन्डाई मोबिलिटी जापानले आफ्नो ईभी पोर्टफोलियो बढाउदै हालै मात्रै जापानको बजारमा सब–कम्प्याक्ट ईभी एसयुभी, ‘इन्टर’ लञ्च गरेको थियो ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.