शुक्रबार, जेष्ठ १,२०८३ 11:43:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:43:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हुन्डाईले दियो अमेरिकी डिलरहरुलाई ट्यारिफका कारण मूल्यवृद्धि हुनसक्ने चेतावनी

Laxmi Sunrise Bank Limited
हुन्डाईले दियो अमेरिकी डिलरहरुलाई ट्यारिफका कारण मूल्यवृद्धि हुनसक्ने चेतावनी
Shivam Cement

काठमाण्डौ । दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले अमेरिकी डिलरहरुलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफका कारण सवारी साधनको मूल्य बढ्ने सक्ने चेतावनी दिएका छन् । ट्रम्पले अमेरिकामा आयात हुने विदेशी अटो कम्पनीहरुलाई अप्रिल ३ देखि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेसँगै हुन्डाईले मूल्य वृद्धि गर्ने रणनीति सार्वजनिक गरेको हो ।  

हुन्डाई तथा जेनेसिस मोटर नर्थ अमेरिकाका सीईओ र्यान्डी पार्करले एक विज्ञप्ती जारी गर्दै वर्तमानको मूल्यको सूनिश्चितता नभएको र अप्रिल २ पश्चात मूल्यमा हेरफेर हुनसक्ने बताएका छन् ।  

Bizshala
New Office
CG Motors

ट्यारिफ लागू भए कम्पनीले अमेरिकामा उल्लेख्य रुपमा मूल्यमा बढोत्तरी गर्नुपर्ने विश्लेषकहरुले बताएका छन् । जसका कारण अमेरिकी उपभोक्ताहरुलाई कारको खरिद महङ्गो पर्न जानेछ ।  

कक्स अटोमोटिभका अनुसार २५ प्रतिशत ट्यारिफका कारण अमेरिकामा निर्मित कारको मूल्य ३ हजार डलर र क्यानडा र मेक्सिकोमा निर्मितको ६ हजार डलरले बढ्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

पार्करले कम्पनीको उत्पादन मेक्सिको र क्यानडामा पूर्ण रुपमा निर्भर नभएकाले केही सहज हुने समेत बताएका छन् ।  

कम्पनीले केहि समयअघि मात्रै अमेरिकामा २१ अर्ब डलरबराबरको लगानी गर्ने घोषणा गरेको थियो ।   

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.