काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ । यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुनेछ । यो अफर हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु गरिएको छ।
यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउन सक्नेछन् ।
प्रि–बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ ।
यो प्रि–बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुबिधा प्रदान गर्ने एक सक्रिय पहल भएको कम्पनीले जनाएको छ। हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न कम्पनीले आग्रह गरेको छ । लक्ष्मी हुन्डाईले री लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् ।