काठमाण्डौ । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘All-New VENUE’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ।
यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका क्षेत्रका ग्राहकले हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन सक्ने भएका छन्।
All-New VENUE मा आकर्षक र बोल्ड डिजाइनसँगै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र प्रभावकारी पर्फर्मेन्सको संयोजन रहेको कम्पनीले जनाएको छ। यसको बाहिरी डिजाइनलाई Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille तथा Signature C-Pillar Garnish ले थप आकर्षक बनाएको छ।
गाडीको क्याबिनमा 10.25-inch ccNC Infotainment System, Wireless Apple CarPlay, Android Auto, Digital Cluster तथा Powered Tilt-and-Slide Sunroof जस्ता आधुनिक फिचर समावेश छन्।
पर्फर्मेन्सतर्फ All-New VENUE मा Kappa 1.2-litre MPi Petrol र Kappa 1.0-litre Turbo GDi Petrol इन्जिन विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार यसले दैनिक यात्राका लागि सहज पर्फर्मेन्सदेखि थप प्रतिक्रियाशील टर्बो पर्फर्मेन्ससम्मको विकल्प ग्राहकलाई दिन्छ।
सुरक्षालाई विशेष प्राथमिकता दिँदै गाडीमा ६ वटा एयरब्याग, ABS with EBD, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM) तथा Hill-start Assist Control (HAC) लगायतका सुविधा उपलब्ध गराइएको छ।
नेपाली बजारमा All-New VENUE को सुरुवाती मूल्य रु. ४८ लाख ९६ हजार तोकिएको छ।
गाडी मुख्यतः HX 2 (1,197cc Petrol), HX 5+ (1,197cc Petrol) र HX 5 DCT (998cc Petrol) गरी तीन भेरियन्टमा उपलब्ध छ। विभिन्न भेरियन्टले ग्राहकलाई आफ्नो आवश्यकता र रुचिअनुसार विकल्प छनोट गर्न सहज बनाउने कम्पनीको भनाइ छ।
All-New VENUE अहिले भैरहवा, बुटवल र दाङस्थित हुन्डाई सोरुमहरूमा उपलब्ध भइसकेको छ। ग्राहकले सम्बन्धित सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर र पर्फर्मेन्सबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।