बिहीबार, असार ३२,२०८३ 08:58:53
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 08:58:53
Bizshala
Global IME Bank Limited

हुन्डाई मोटर कम्पनीको ५७औँ वार्षिकोत्सव मनाइयो

हुन्डाई मोटर कम्पनीको ५७औँ वार्षिकोत्सव मनाइयो
New Office

काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले नवप्रवर्तन, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत भविष्यको मोबिलिटीलाई आकार दिँदै आएको ५७ वर्ष पूरा गरेको छ। सन् १९६७ मा स्थापना भएको हुन्डाई आज विश्वव्यापी रूपमा विश्वासिलो अटोमोबाइल ब्रान्डका रूपमा स्थापित भई २०० भन्दा बढी देशमा आफ्ना सवारी साधन तथा मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।

स्थापनाकालदेखि नै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधान प्रदान गर्दै आएको हुन्डाईले स्मार्ट, सुरक्षित र जिम्मेवार यातायात विकासप्रति आफ्नो प्रतिबद्धता निरन्तर कायम राखेको जनाएको छ। ५७औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले विश्वभर अझ राम्रो मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित आगामी दिनमा थप नवीन पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालमा हुन्डाईको आधिकारिक वितरकका रूपमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि सन् २००९ फेब्रुअरीदेखि कार्यरत छ। वितरकत्व प्राप्त गरेयता कम्पनीले हुन्डाईका विभिन्न मोडेल आयात, बिक्री तथा सेवा प्रदान गर्दै देशभर सशक्त अफ्टर–सेल्स सञ्जाल र दक्ष प्राविधिक टोलीमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।

नेपालभर रहेका करिब ४५ हजार हुन्डाई ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउन ‘हुन्डाई परिवार’ कार्यक्रम सञ्चालन गरिएको छ। विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँग सहकार्य गरी सुरु गरिएको यस कार्यक्रममार्फत ग्राहकलाई विशेष सुविधा, मूल्य–अभिवृद्धि सेवा तथा प्रिमियम अनुभव प्रदान गरिँदै आएको छ।

दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै हुन्डाई नेपालले मे २०२४ मा नेपालमै सवारी साधन एसेम्बली प्लान्ट स्थापना गरेको छ। यस कदमलाई स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणअनुसार हुन्डाई नेपालले आगामी दिनमा पनि स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानमार्फत ग्राहकका दैनिकीलाई सहज बनाउँदै दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.