बिहीबार, असार ३२,२०८३ 08:57:15
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 08:57:15
Bizshala
Global IME Bank Limited

दिपलले किन्यो हुन्डाईको चिनियाँ कारखाना

दिपलले किन्यो हुन्डाईको चिनियाँ कारखाना
New Office

काठमाण्डौ । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्नेछ ।

चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनु पर्ने थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दिपलले यसलाई पुष्टि गरेको हो ।

यो प्लान्ट पहिले बेइजिंग हुन्डाईको पाँच मध्येको एक उत्पादन केन्द्र थियो ।सन् २०१५ मा निर्माण सुरु भई २०१७ अगस्त बाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्ग मिटरमा फैलिएको छ । यसको प्रारम्भिक लगानी १.१ बिलियन डलर रहेको थियो । यसको वार्षिक उत्पादन क्षमता तीन लाख युनिट रहेको छ । तर यो कारखाना २०२१ डिसेम्बरबाट बन्द अवस्थामा रहेको थियो ।

हाल दिपलका इभीहरु नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन हुँदै आएको छ । नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ । यो वर्ष अक्टोबर महिनामा दिपल इभीको बिक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट छ ।

चांगानले दिपललाई विश्वभर विस्तार गर्ने लक्ष्य राखेर युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडलहरु सार्वजनिक गर्दै आएको छ । दिपलको एस०५ र एस०७ भर्खरै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएको थियो । केही दिनअघि यो ब्रान्ड ब्राजिलमा पनि लन्च गरिएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.