काठमाण्डौ । ‘भारत मोबिलिटी ग्लोबल अटो एक्सपो २०२५’ यसै सातादेखि भारतमा सुरु हुँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार एक्सपो यहि जनवरी १७ देखि सुरु हुनेछ ।
अटो एक्सपोमा विभिन्न अटो कम्पनीहरुहरुले आफ्ना थरि–थरिका उत्पादनहरु प्रदर्शन गर्नेछन् । यसैबीच हुण्डाई मोटर्सले एक्सपोमा ‘हुण्डाई क्रेटा ईभी’ पनि लन्ज गर्नेछ ।
यसबारे कम्पनीका प्रमुख अपरेटिङ अफिसर (सीओओ)तरुण गर्गले सन् २०२५ र २०२६ मा भारतमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र बढ्ने कम्पनीको अपेक्षा रहेको बताए ।
कम्पनीले आफ्नो विद्युतीय सवारी साधनको पोर्टफोलियोलाई पनि विस्तार गरिरहेको भने यसै क्रममा क्रेटा इभी पनि लञ्च गरिरहेको छ ।