काठमामण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी भागनारायण साहुलाई प्रदान गरिएको छ । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साहुलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
उनी हाल संस्थाको नायब सीईओको रुपमा कार्यतर छन् । संस्थाका यसअघिका सीईओ भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा सकिएसँगै संस्थाको सीईओ पद रिक्त रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।