काठमाण्डो । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमण गर्नुअघि चीन प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन तयतर्फ जान लागेका हुन् । यससम्बनधी जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् बैठकको भदौ २ गतेका निर्णय सार्वजनिक गर्दै दिएका हुन् ।
गुरुङले प्रधानमन्त्री ओली सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को आयोजनामा हुने बैठकमा सहभागी हुन चीन सरकारको निमन्त्रणमा त्यसफर्त जान लागेको जानकारी दिए । तर उक्त कार्यक्रममा को–को जाने र कतिजना जाने भन्ने तय भईनसकेको उनलेृ बताए ।
नेपालको दुईदिने भ्रमणमा आइतबार काठमाण्डौ आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा समकक्षी मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए ।