शुक्रबार, जेष्ठ १,२०८३ 11:35:43
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:35:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ कार विकास गर्न हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति

Laxmi Sunrise Bank Limited
नयाँ कार विकास गर्न हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति
Shivam Cement

काठमाण्डौ । कार निर्माता कम्पनीहरु हुन्डाई र जनरल मोटर्सले नयाँ गाडी विकास गर्नका लागि सहकार्य गर्ने भएका छन् । यी हुदै कम्पनीले नयाँ सवारी, आपूर्ति श्रृखला र प्रविधिको विकास गरी खर्च कटौती गर्ने उद्देश्यसहित सहकार्यको योजना बनाएका हुन् ।  

जलवायु परिवर्तनसम्बन्धी हरित ग्यास उत्सर्जनका नयाँ नियमहरुक कारण विश्वभरका अटो निर्माताहरुलाई विद्युतीय सवारी र नयाँ ब्याट्री प्रविधिमा जान दबाब आईरहेका बेला यी २ कम्पनीले सहकार्य गर्ने घोषणा गरेका छन् । नयाँ प्रविधिको अनुसन्धान र नयाँ प्रविधि विकासका लागि कम्पनीहरुलाई करडौं डलर खर्च गर्नु पर्ने हुन्छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै विश्वभरका अटो कम्पनीहरुले विशेष गरेर चिनियाँ प्रतिस्पर्धिहरुबाट कडा टक्करको सामना गरिरहनु परेको छ ।  

यसैबीच दक्षिण कोरियाली कम्पनी हुन्डाई र अमेरिकी कम्पनी जनरल मोटर्सले संयुक्त रुपमा नयाँ प्रडक्टको विकास,उत्पादन तथा भविष्यको हरित उर्जा प्रविधिको विकासका लागि सहकार्य गर्ने भएका हुन् । यसका साथै दुवै कम्पनीले हरित उर्जा,ईभी सवारी तथा हाईड्रोजन सवारीको विषयमा समेत सँगै काम गर्ने सहमति जनाएका छन् ।  

यो सहमतिपत्रमा हुन्डाईका मोटर कार्यकारी अध्यक्ष युइसन चुङ र जनरल मोटर्सका जनरल म्यानेजर तथा सीईओ मारी बाराले हस्ताक्षर गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.