सोमबार, असार २,२०८२ 12:54:06
  • सोमबार, असार २,२०८२ 12:54:07
Global IME Bank Limited

नयाँ कार विकास गर्न हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति

Hyundai Nepal
नयाँ कार विकास गर्न हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति
Nabil Bank Limited

काठमाण्डौ । कार निर्माता कम्पनीहरु हुन्डाई र जनरल मोटर्सले नयाँ गाडी विकास गर्नका लागि सहकार्य गर्ने भएका छन् । यी हुदै कम्पनीले नयाँ सवारी, आपूर्ति श्रृखला र प्रविधिको विकास गरी खर्च कटौती गर्ने उद्देश्यसहित सहकार्यको योजना बनाएका हुन् ।  

जलवायु परिवर्तनसम्बन्धी हरित ग्यास उत्सर्जनका नयाँ नियमहरुक कारण विश्वभरका अटो निर्माताहरुलाई विद्युतीय सवारी र नयाँ ब्याट्री प्रविधिमा जान दबाब आईरहेका बेला यी २ कम्पनीले सहकार्य गर्ने घोषणा गरेका छन् । नयाँ प्रविधिको अनुसन्धान र नयाँ प्रविधि विकासका लागि कम्पनीहरुलाई करडौं डलर खर्च गर्नु पर्ने हुन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै विश्वभरका अटो कम्पनीहरुले विशेष गरेर चिनियाँ प्रतिस्पर्धिहरुबाट कडा टक्करको सामना गरिरहनु परेको छ ।  

यसैबीच दक्षिण कोरियाली कम्पनी हुन्डाई र अमेरिकी कम्पनी जनरल मोटर्सले संयुक्त रुपमा नयाँ प्रडक्टको विकास,उत्पादन तथा भविष्यको हरित उर्जा प्रविधिको विकासका लागि सहकार्य गर्ने भएका हुन् । यसका साथै दुवै कम्पनीले हरित उर्जा,ईभी सवारी तथा हाईड्रोजन सवारीको विषयमा समेत सँगै काम गर्ने सहमति जनाएका छन् ।  

यो सहमतिपत्रमा हुन्डाईका मोटर कार्यकारी अध्यक्ष युइसन चुङ र जनरल मोटर्सका जनरल म्यानेजर तथा सीईओ मारी बाराले हस्ताक्षर गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.