बिहीबार, असार ११,२०८३ 03:00:03
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:00:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हुन्डाई मोटर २०२४ को इन्टरब्रान्ड र्‍याङ्किङमा २३ बिलियन डलर ब्राण्ड भ्यालूसहित ग्लोबल शीर्ष ३० स्थानमा उक्लियो

Laxmi Sunrise Bank Limited
हुन्डाई मोटर २०२४ को इन्टरब्रान्ड र्‍याङ्किङमा २३ बिलियन डलर ब्राण्ड भ्यालूसहित ग्लोबल शीर्ष ३० स्थानमा उक्लियो

काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड भ्यालू २३ बिलियन डलर पुगेको घोषणा गरेको छ ।  

२०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औँ स्थानमा उक्लिँदै हुण्डाई मोटर कम्पनीले आफ्नो ब्राण्ड भ्यालूलाई २३ बिलियन डलरको लोभलाग्दो उचाईमा पुगेको घोषणा गरेको हो ।  

कम्पनीका अनुसार उसको ब्राण्ड मूल्यमा ५ वर्षको अवधिमा ६३ प्रतिशतको फराकिलो वृद्धि भएको छ र लगातार दोश्रो पटक र्याङ्किङमा वृद्धि भएको छ। यस अवधिमा, ब्रान्डले ६ स्थान माथि ३६ औं बाट ३० औं स्थानमा उक्लिएको छ । कम्पनीको ब्रान्ड भ्यालू बढेको लगातार १४ औं वर्ष हो ।

New Office
CG Motors
Garima Development Bank

'हुन्डाई मोटरको ब्रान्ड मूल्य वृद्धिमा योगदान पुर्‍याउने प्रमुख कारकहरूमा कम्पनीको ब्रान्ड भिजन ‘प्रग्रेस फर ह्युम्यानिटी’ लाई मूर्त रूप दिने विभिन्न विश्वव्यापी पहलहरू समावेश रहेका कम्पनीले जनाएको छ । उल्लेखनीय रूपमा आयोनिक फाइभ एनले २०२४ का विश्व कार अवार्डहरूमा आफ्नो गर्विलो स्थान बनाउन सफल भयो । यस्तै, जेडी पावर यूएस अपील अध्यनमा प्रशंसा समेत प्राप्त गर्यो ।' कम्पनीले भनेको छ -'जसले हुण्डाई मोटरको विश्वव्यापी शीर्ष अटोमेकरको रूपमा प्रतिस्पर्धात्मकतालाई बलियो बनाइदिएको छ।'

हुन्डाई मोटरले रणनीतिक पहलहरू मार्फत आफ्नो विश्वव्यापी ब्रान्ड प्रभावलाई पनि विस्तार गरेको विज्ञप्तिमा उल्लेख छ। हुन्डाई मोटर ग्रुप इनोभेसन सेन्टर सिङ्गापुर (एचएमजीआईसीएस)को सम्पन्नतापछि, कम्पनीले हुण्डाई मोटर ग्रुप मेटाप्लान्ट अमेरिका (एचएमजीएमए), उल्सानमा नयाँ इलेक्ट्रिक भेहिकल(इभी) प्लान्ट र साउदी अरबमा पूर्ण नक डाउन(सिकेडी) कारखाना जस्ता नयाँ सुविधाहरूको योजनाको साथ भविष्यको गतिशीलतामा विश्वव्यापी प्रभाव सुरक्षित गर्नका लागि कामहरुलाई जारी राखेको बताइएको छ।  

आर्चरी र फिफा लगायत खेलकुद प्रायोजन, ह्विटनी म्युजियम अफ आर्टको प्रायोजन, र यसको पहिलो छोटो फिल्म ‘नाइट फिशिङ’को प्रिमियर जस्ता रचनात्मक पहलहरूमार्फत ग्राहक संलग्नतालाई बलियो बनाइएको उल्लेख छ। हुन्डाई मोटरले पनि मिशेलिन स्टार शेफसँगको सहकार्यमा सिंगापुरमा आफ्नो पहिलो रेस्टुरेन्ट ‘ना ओह’ खोलेको छ । यसले रेड डट अवार्डः ब्रान्ड र कम्युनिकेशन डिजाइन २०२४ अवार्डमा धेरै प्रशंसाहरू जित्यो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अगाडि हेर्दै, हुन्डाई मोटरले हालै बजार नेतृत्वको लागि मध्यदेखि दीर्घकालीन रणनीति ‘हुण्डाई वे’ पनि सार्वजनिक गरेको छ । कम्पनीले बजारमा लचिलो प्रतिक्रिया दिँदै गतिशीलता र ऊर्जामा केन्द्रित भविष्य सिर्जना गर्न आविष्कार गर्न जारी राख्ने सो क्रममा बताएको छ।  

'सफ्टवेयर र एआईमा आधारित आफ्ना उत्पादन र सेवाहरूलाई निरन्तर बढाउँदै हुण्डाई मोटर मोबिलिटी इकोसिस्टममा परिवर्तनको नेतृत्व गर्न तयार छ, मोबिलिटी गेम चेन्जरको रूपमा आफ्नो स्थितिलाई सुदृढ पार्दै।'-विज्ञप्तिमा भनिएको छ । 

यो अवसरमा हुण्डाई मोटर कम्पनीका अध्यक्ष र सीईओ जेहुन चाङले भने, 'हुण्डाई मोटरले सवारी साधन निर्माणभन्दा बाहिर AAM र अन्य प्रकारको गतिशीलतामा विस्तार गरेर गेम चेन्जरको रूपमा आफ्नो स्थिति बलियो बनाउनेछ । हाम्रो प्राविधिक विकासले मानवताका लागि समृद्ध र अधिक दिगो भविष्य ल्याउनेछ।'

इन्टरब्रान्ड, एक वैश्विक ब्रान्ड परामर्श फर्म हो, जसले वार्षिक रूपमा प्रमुख बहुराष्ट्रीय कम्पनीहरूको मूल्याङ्कन गर्दछ। यसले उपलब्ध गराउने र्याकिंग तीन कारकहरूमा आधारित हुन्छन्ः वित्तीय प्रदर्शनको विश्लेषण, ब्रान्डको भूमिका र ब्रान्डको प्रतिस्पर्धी शक्ति। यस प्रतिष्ठित सूचीमा हुन्डाई मोटरको स्थान वृद्धि कम्पनीको निरन्तर प्रगति र बलियो कार्यसम्पादनको प्रमाण रहेको दाबी गरिएको छ।

'यस वर्षको द्यन्द्य मा हुन्डाई मोटरको दुई दर्जाको वृद्धिले कम्पनीले व्यवसाय र ब्रान्डिङ दुवै क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रमाण हो',  इन्टरब्रान्ड सियोलका सीईओ जिहुन मुनले भने ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.