बिहीबार, आश्विन १,२०८३ 09:51:44
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:51:44
Bizshala
Global IME Bank Limited

ट्यारिफबाट बच्ने हुन्डाईको नीति, अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने घोषणा

ट्यारिफबाट बच्ने हुन्डाईको नीति, अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने घोषणा
New Office

काठमाण्डौ । दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले अमेरिकामा १२ अर्ब डलरबराबरको लगानी गर्ने योजना सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदारहरुलाई नयाँ ट्यारिफ लगाउन कहेी दिन मात्रै बाँकी रहेको अवस्थामा हुन्डाईले अमेरिकामा लगानी गर्ने घोषणा गरेको हो ।  

योजनाअन्तर्गत कम्पनीले अमेरिकाको दक्षिणी राज्य लुसियानामा ५.८ अर्ब डलरबराबरको स्टिल कारखाना स्थापना गर्नेछ । यसका साथै कम्पनीले अमेरिकी सवारी उत्पादनको दायरा बढाउदै स्वचालित सवारी र एआई जस्ता नयाँ प्रविधिमा अर्बौ डलर लगानी थप्ने जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

‘यो लगानी अमेरिकी सरकारको ट्यारिफले राम्रो ढंगले काम गरिरहेको छ भन्ने बलियो प्रमाण हो,’ट्रम्पले सोमबार ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा भने ।  

हुन्डाईले नयाँ स्टिल कारखानाबाट वार्षिक २.७ मेट्रिक टनभन्दा बढी स्टिल उत्पादन हुने जनाएको छ । यसका कारण १४ सय बढी रोजागरी सिर्जना हुने समेत कम्पनीको दाबी छ । कम्पनीले अल्बामा र जर्जियामा रहेका हुन्डाईका कारखानाका लागि स्टिल उत्पादन गर्ने जनाइएको छ ।  

यसका साथै कम्पनीले अमेरिकामा सन् २०२८ सम्म वार्षिक १२ लाख युनिट कार उत्पादन गर्न ९ अर्ब डलर लगानी गर्ने समेत जनाएको छ । स्वचालित सवारी साधन ,रोबोटिक्स र एआई प्रविधि विकास गर्न अमेरिकी कम्पनीसँग साझेदार गर्न समेत कम्पनीले ६ अर्ब डलरको लगानीको योजना बनाएको छ ।  

Muktinath Bikas Bank Limited

बुधबार कम्पनीले जर्जियामा ७.५९ अर्ब डलरको कार तथा ब्याट्री कारखानाको उद्घाटन गर्दैछ । अल्बामा भने साझदार कियासँगको सहकार्यमा कम्पनीको कारखाना पहिलेदेखिनै रहेको छ । फुल फेजमा कारखाना सञ्चालनमा आए वार्षिक १० लाख कार उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।  

कम्पनीले अमेरिकाबाट ३ अर्ब डलर मूल्यबराबरको लिक्यिुफाइड नेचुरल ग्यास समेत बिक्री गर्ने जनाएको छ ।  

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै धेरैजसो कम्पनीहरुले अमेरिकामा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.