• बिहीबार, भाद्र २६,२०८२ 12:23:41
Global IME Bank Limited

ट्यारिफबाट बच्ने हुन्डाईको नीति, अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने घोषणा

Hyundai Nepal
ट्यारिफबाट बच्ने हुन्डाईको नीति, अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने घोषणा

काठमाण्डौ । दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले अमेरिकामा १२ अर्ब डलरबराबरको लगानी गर्ने योजना सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदारहरुलाई नयाँ ट्यारिफ लगाउन कहेी दिन मात्रै बाँकी रहेको अवस्थामा हुन्डाईले अमेरिकामा लगानी गर्ने घोषणा गरेको हो ।  

योजनाअन्तर्गत कम्पनीले अमेरिकाको दक्षिणी राज्य लुसियानामा ५.८ अर्ब डलरबराबरको स्टिल कारखाना स्थापना गर्नेछ । यसका साथै कम्पनीले अमेरिकी सवारी उत्पादनको दायरा बढाउदै स्वचालित सवारी र एआई जस्ता नयाँ प्रविधिमा अर्बौ डलर लगानी थप्ने जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘यो लगानी अमेरिकी सरकारको ट्यारिफले राम्रो ढंगले काम गरिरहेको छ भन्ने बलियो प्रमाण हो,’ट्रम्पले सोमबार ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा भने ।  

हुन्डाईले नयाँ स्टिल कारखानाबाट वार्षिक २.७ मेट्रिक टनभन्दा बढी स्टिल उत्पादन हुने जनाएको छ । यसका कारण १४ सय बढी रोजागरी सिर्जना हुने समेत कम्पनीको दाबी छ । कम्पनीले अल्बामा र जर्जियामा रहेका हुन्डाईका कारखानाका लागि स्टिल उत्पादन गर्ने जनाइएको छ ।  

यसका साथै कम्पनीले अमेरिकामा सन् २०२८ सम्म वार्षिक १२ लाख युनिट कार उत्पादन गर्न ९ अर्ब डलर लगानी गर्ने समेत जनाएको छ । स्वचालित सवारी साधन ,रोबोटिक्स र एआई प्रविधि विकास गर्न अमेरिकी कम्पनीसँग साझेदार गर्न समेत कम्पनीले ६ अर्ब डलरको लगानीको योजना बनाएको छ ।  

बुधबार कम्पनीले जर्जियामा ७.५९ अर्ब डलरको कार तथा ब्याट्री कारखानाको उद्घाटन गर्दैछ । अल्बामा भने साझदार कियासँगको सहकार्यमा कम्पनीको कारखाना पहिलेदेखिनै रहेको छ । फुल फेजमा कारखाना सञ्चालनमा आए वार्षिक १० लाख कार उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।  

कम्पनीले अमेरिकाबाट ३ अर्ब डलर मूल्यबराबरको लिक्यिुफाइड नेचुरल ग्यास समेत बिक्री गर्ने जनाएको छ ।  

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै धेरैजसो कम्पनीहरुले अमेरिकामा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.