शुक्रबार, जेष्ठ १,२०८३ 11:35:33
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:35:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हुन्डाईले ल्यायो भारतको सबैभन्दा ठूलो आईपीओ, करिब २८ हजार करोड भारु उठाउने लक्ष्य

Laxmi Sunrise Bank Limited
हुन्डाईले ल्यायो भारतको सबैभन्दा ठूलो आईपीओ, करिब २८ हजार करोड भारु उठाउने लक्ष्य
Shivam Cement

काठमाण्डौ । कोरियाली कार निर्माता हुन्डाई मोटर इन्डियाको आईपीओ आजबाट खुल्ला भएको छ । यो भारतकै सबैभन्दा ठूलो आईपीओ हो । यसअघि सबैभन्दा ठूलो आईपीओको रेकर्ड एलआईसीको नाममा थियो । जसले २० हजार ५५७ करोड भारु बराबरको आईपीओ निष्कासन गरेको थियो। हुन्डाईको इश्यू साइज २७ हजार ८५६ करोड भारु छ।

तर, ठूला इश्यू साइजका आईपीओको रिटर्नको ट्र्याक रेकर्ड राम्रो नभएको भारतीय मिडियाले लेखेका छन्। हालसम्म, कम्तिमा १० हजार करोडको ६ वटा मेगा आईपीओ मध्ये ५ वटा नकारात्मक सूचीमा छन्। यति मात्र नभई बढेको आशामा सेयर बिक्री नगर्ने लगानीकर्ता पनि घाटामा छन् । एलआईसीको आईपीओ सन् २०२२ मा लिस्टिङ भएको थियो । लिस्टिङको दिन लगानीकर्तालाई ८ प्रतिशत घाटा भएको थियाृ । यस्तै पेटीएमको लिस्टिङको दिन पनि लगानीकर्ताले २७ प्रतिशत घाटा व्यहोरेका थिए ।  

Bizshala
New Office
CG Motors

हुन्डाई मोटर इन्डिया लिमिटेडको आईपीओमा लगानीकर्ताले अक्टोबर १७ गतेसम्म बिड गर्न सक्नेछन् । कम्पनीको सेयर २२ अक्टोबरमा बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीबद्ध हुनेछ।

कम्पनी यस निष्कासन मार्फत २७ हजार ८७० करोड भारु उठाउन चाहन्छ। यसका लागि कम्पनीका विद्यमान लगानीकर्ताहरूले अफर फर सेल अर्थात् ओएफएसमार्फत २७ हजार ८७० करोड भारुबराबरको १४ करोड २१ लाख ९४ हजार ७०० कित्ता सेयर बिक्री गरिरहेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

हुन्डाई मोटर इन्डिया लिमिटेडले आईपीओको प्राइस ब्यान्ड १८६५ भारुदेखि १९६० सम्म तोकेको छ। खुद्रा लगानीकर्ताले कम्तीमा एक लट अर्थात ७ वटा सेयरको लागि बोलपत्र गर्न सक्नेछन् ।  

हुन्डाई मोटर भारतको सेयर बजारमा सूचीकृत हुने चौथो ठूलो कम्पनी हुनेछ। यो मारुती–सुजुकी, टाटा मोटर्स, महिन्द्रा र महिन्द्रा पछि चौथो ठूलो अटोमोबाइल कम्पनी हुनेछ। हुन्डाई मोटर इन्डिया मारुती पछि भारतको दोस्रो ठूलो कार कम्पनी हो।

यो आईपीओ विगत २० वर्षमा भारतमा कुनै पनि अटो निर्माता कम्पनीले जारी गरेको पहिलो आईपीओ हो । यसअघि मारुती सुजुकीको आईपीओ सन् २००३ मा आएको थियो । हुन्डाई मारुती सुजुकी पछि भारतको दोस्रो ठूलो कार निर्माता हो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.