काठमाण्डौ । आगामी भदौ ११ गतेदेखि काठमाण्डौमा आयोजना हुने ‘नाडा अटो शो २०२४’ का चारवटा प्रिमियम स्टल स्काईवेल, टाटा लगायतका कम्पनीले पाएका छन् ।
मुख्य प्रदर्शनी हलभित्रका स्टलहरुमध्ये पनि प्रिमियम मानिने चारवटा स्टलहरु स्काईवेल, टाटा, नेटा भी र हुण्डाईको भागमा परेका हुन् ।
आज गोलाप्रथाबाट नाडा अटोमोवाइल अशोसिएसन अफ नेपालले नाडा अटो शो २०२४ का लागि स्टलहरुको बाँडफाँड टुंगो लगाएको हो।
यो क्रममा मुख्य प्रदर्शनी हलभित्र स्टल राख्ने अवसर यसपटक ११ ब्राण्डले पाएका छन् ।
मुख्य प्रदर्शनी हलभित्र सेरेस, जिएसी एवोन, डोङफेङ, लिप मोटर, किया, सिट्रोनले पनि स्टल पाएका छन् ।
दिपल, मारुती सुजुकी, बीवाइडी, ओमोडा, एमजी जस्ता ब्राण्डले भने मुख्य प्रदर्शनी हलभन्दा बाहिर मात्र स्टल पाएका छन् ।
नाडाले जेठ ३१ गतेदखि असार ५ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोको लागि स्टल बुकिङ खुलाएको थियो ।