केईको इभीमा ग्राहकको आकर्षण, कुन मोडलको मूल्य कति ?
काठमाण्डौ । नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले 'नाडा अटो शो २०२४' मा सार्वजनिक गरेको केइको ३ वटा मोडलप्रति अटोप्रेमीको आकर्षण बढेको देखिएको छ । नाडामा रहेको कम्पनीको स्टल नम्बर एच १६ बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती तीन मोडल लञ्च गरेका थिए ।