काठमाण्डौ । नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले 'नाडा अटो शो २०२४' मा सार्वजनिक गरेको केइको ३ वटा मोडलप्रति अटोप्रेमीको आकर्षण बढेको देखिएको छ ।
नाडामा रहेको कम्पनीको स्टल नम्बर एच १६ बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती तीन मोडल लञ्च गरेका थिए ।
यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभी X3 Pro EV रहेका छन्।
E-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जसमा २०० किलोमिटर रेञ्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किलोमिटर रेञ्ज दिने भेरिएन्टको मूल्य २२ लाख ९६ हजार तोकिएको छ ।
E-Qute 02 मा २८.०८ किलोवाट क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसैगरी E-Qute 04, ३०० किमी रेञ्जको मूल्य २४ लाख ९६ हजार छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसैगरी, तेस्रो मोडल X3 Pro EV इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।
कम्पनीले नाडामा स्पेशल अफर दिंदै केइ गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जर, साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि उपलब्ध गराएको थियो ।