काठमाण्डौ । सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ईपिक न्यू स्विफ्ट नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी ्रमोटो कर्पल सुजुकीको यो नयाँ भेरियन्ट आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको नाडा अटो शो २०२४ मा सार्वजनिक गर्न लागेको हो ।
नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट नविनतम प्रविधि र दिगोपनको उत्तम मिश्रण भएको कम्पनीले जनाएको छ ।
यसमा ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३–प्वाइन्ट सीट बेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिलहोल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम(एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन(ईबीडी), र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको छ ।
यस्तै यो कार २२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइडअटो, सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए एण्ड सी टाइप युएसबी पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स, र अन्य धेरै फिचरहरूले भरिएको छ ।
चौथो पुस्ताको स्विफ्ट आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज दिने ह्याचब्याक हो । जसको माइलेज २५.७५ किमि÷लि सम्मको छ, जुन अघिल्लो पुस्ताको स्विफ्टको तुलनामा १४ प्रतिशत धेरै हो ।
नसिजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यसै बेला उपलब्ध हुनेछ ।