शुक्रबार, जेष्ठ १,२०८३ 08:42:42
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:42:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० रस्क्याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक, यस्ता छन् फिचर्स

Laxmi Sunrise Bank Limited
नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० रस्क्याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक, यस्ता छन् फिचर्स
Shivam Cement

 

काठमाण्डौ । गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् ।

यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स,सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाईकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकोे छ ।

Bizshala
New Office
CG Motors

ट्रायम्फ स्पीड ४००

शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ ।  

साथै, ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।  

ट्रायम्फ स्क्याम्ब्लर ४०० एक्स

ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्वील, र १७–इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ । स्क्याम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ–रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्याम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै, स्विचेबल बुस्चएबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।

भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य रु. ६ लाख ३९ हजार ९०० मा र ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्स विशेष मूल्य ६ लाख ८९ हजार ९०० मा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ । जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.