काठमाण्डौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाण्डौको भुकुटीमण्डपको प्रदशर्नीस्थलमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ ।
विभिन्न ब्राण्डका सवारी साधनहरु प्रर्दशन गरिने स्टलमा रङ रोगन, लाइट फिटिङ, स्टेज निर्माण जस्ता सजावटका कार्यहरु धमाधम हुँदैछ । स्टल र शोकेसहरु बनाउने काम लगभग सकिनै आँटेको छ । प्रदर्शनीमा राखिने सवारी साधनहरु पनि ल्याउने काम भइरहेको छ ।
नेपालीहरुको महान पर्वको पूर्वाद्वमा आयोजना हुन गइरहेको यस प्रदर्शनले अटो व्यवसायी, ग्राहक तथा गाडीप्रेमी सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।
साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्, र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।
फोटो फिचर









