सोमबार, असार २,२०८२ 03:54:06
  • सोमबार, असार २,२०८२ 03:54:06
Global IME Bank Limited

बैंकहरुबीच अटो लोनमा तीव्र प्रतिष्पर्धा, कुन बैंकको ब्याजदर कति ?

Hyundai Nepal
बैंकहरुबीच अटो लोनमा तीव्र प्रतिष्पर्धा, कुन बैंकको ब्याजदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । ‘नाडा अटो शो–२०२४’ सुरु भएसँगै अवलोकनकर्ताहरुको घुँइचो लागेको छ । ९५ वटा प्रदर्शक तथा १३० वटा स्टल रहेको प्रर्दशनमा अवलोकनकर्तारुको भिडसँगै कतिपयले आफुलाई मनपर्ने सवारी खरिद गर्न बुकिङ समेत गरिसकेका छन् ।  

चाडपर्व लक्षित ‘नाडा अटो शो’ को १६औं संस्करण भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटिमण्डपमा सुरु भएको हो । दुईदिनमै हजारौं अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेको आयोजक टिमकले बताएको छ ।  

प्रदर्शनीमा विभिन्न ब्राण्डका गाडीहरु उत्कृष्ट फिचर्ससहित आकर्षक मूल्यमा राखिएका छन् । प्रदर्शीमा २–पाङ्ग्रे, ३ पाङ्ग्रे, ४–पाङ्ग्रे, लाइट कमर्सिय, वित्तीय संस्था, अटो कम्पोनेन्ट्सहरुको सहभागीता रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रदर्शनीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्न चाहाने ग्राहकहरुलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।  

ग्राहकलाई उचित सुविधासहित अटो लोन प्रवाह गर्न सहभागी बैंकहरुमा प्रतिस्पर्धा देखिएको छ । बैंकहरुले नाडा अटो शो मा गाडी खरिद गर्न चाहाने ग्राहकलाई सस्तो ब्याजदरमै कर्जा उपलब्ध गराउन लागिपरेका छन् ।  

प्रर्शनीमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महालक्ष्मी विकास बैंक गरी ९ वटा बैंक सहभागी छन् । यी बैंकहरुले अटो शोलाई लक्षित गरी विभिन्न अफर ल्याएका छन् ।  

बैंकहरुबीच सस्तो ब्याजदरमै लोन दिने प्रतिस्पर्धा समेत चलेको छ । कुनै बैंकले नाडा अटो शो अवधिभर मात्र अफर दिने निर्णय गरेको छ भने कुनै बैंकले फेस्टिभ अवधि अर्थात् मङ्सिर महिनासम्म यो अफर दिने बताएका छन् ।  

हिमालयन बैंक  

हिमालयन बैंकले नाडा अटो शो मा राखिएका जुनसुकै ब्राण्डका सवारी खरिद गर्न ग्राहकलाई ९।३६ ब्याजदरमै कर्जा उपलब्ध गराउनेछ । बैंकका अनुसार विद्युतीय सवारी खरिदका लागि ९.३६ प्रतिशत ब्याजदर र इन्धन गाडीलाई ९.५१ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउनेछ ।  

बैंकले इभी गाडी खरिदमा २० प्रतिशत र साधारण गाडी खरिदमा ५० प्रतिशत डाउन पेमेन्ट सिस्टम राखेको छ । जसअनुसार ग्राहकहरुले विद्युतीय सवारी खरिद गर्नको लागि हिमालयन बैंकबाट ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा  पाउनेछन् भने इन्धनबाट चल्ने गाडीको लागि ५० प्रतिशत फाइनान्सिङको सुविधा पाउनेछन् ।  

दुईदिनमै उल्लेख्य ग्राहकहरुले अटो लोनको विषयमा चासो राखेको बैंकले जनाएको छ । यदि नाडा अटो शो मा राखिएका सवारी साधन खरिद गर्न चाहाने ग्राहकले बैंकमा डकुमेन्टेशनको प्रक्रिया पुरा गरेमा बैंकले चाँडो भन्दा चाँडो कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।  

नबिल बैंक  

नबिल बैंकले पनि नाडा अटो शो मा सहभागी ग्राहकलाई सस्तो ब्याजदरमै अटो लोन दिने जनाएको छ । बैंकले नबिलले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । ७ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म फाईनान्सिङ गर्ने बैंकको भनाइ छ । नबिलको यो अफर भने फेस्टिभ अवधिभर मात्रै सञ्चालन हुनेछ ।

ग्लोबल आइएमई बैंक  

ग्लोबल आइएमई बैंकले पनि नाडा अटो शो लक्षित सवारी खरिद गर्न चाहाने ग्राहकहरुको लागि विशेष अफर ल्याएको छ । बैंकले विद्युतीय सवारी खरिद गर्न चाहानेलाई ७।९९ प्रतिशत ब्याजदरमै कर्जा दिने बताएको छ ।  

बैंकले ५ वर्षभन्दा कम अवधिको कर्जा फिक्स्ड ब्याजदर ७.९९ प्रतिशत तोकेको छ । त्यस्तै, ५ वर्षभन्दा बढी अवधिको लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ ।

इन्धनबाट चल्ने गाडीको हकमा भने ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । ५ वर्ष भन्दा बढी अवधिका लागि भने ९.४९ प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले कर्जा लिनको लागि ३ दिनमै प्रक्रिया सकाई अटो लोन दिने जनाएकोछ ।  

सानिमा बैंक  

सानिमा बैंकले पनि सस्तो ब्याजदरमै ग्राहकलाई सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङसहित ७ वर्षसम्मका लागि ८.४९ प्रतिशतमा निश्चित ब्याजदरमा कर्जा दिने भएको छ ।  

साथै इन्धनबाट चल्ने सवारीको हकमा भने ५० प्रतिशतसम्म फाइनान्सिङसहित ७ वर्षसम्मको लागि ८.४९ प्रतिशत ब्याजदरको व्यवस्था रहेको बैंकले जनाएको छ । जसअनुसार ग्राकहरुले विद्युतीय सवारी खरिद गर्न सानिमा बैंकबाट अटो लोन लिन चाहेमा २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ भने इन्धन सवारी खरिदमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।  

ग्राहकहरुले कर्जा लिन चाहेमा डकुमेन्टेसनको प्रक्रिया सकाएर बैंकले एक साताभित्रै कर्जा दिने जनाएको छ ।  

लक्ष्मी सनराईज बैंक

लक्ष्मी सनराईज बैंकले पनि नाडा अटो शो लक्षित अटो लोन सम्बन्धी विशेष अफर ल्याएको छ । बैंकले इभी गाडी खरिदमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधासहित ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमै कर्जा दिनेछ ।  

लक्ष्मी सनराईज बैंकको अन्य बैंकको तुलनामा बेस रेट समेत कम भएकाले अटो लोनको ब्याजदर पनि कम हुने बैंकले जनाएको छ । नाडा अटो शोमा इभी राखिएका गाडी खरिद गर्न चाहाने ग्राहकहरुको लागि बैंकले ३ दिनभित्रै कर्जा उपलब्ध गराउने जनाएको छ ।  

साथै बैंकका अनुसार यो अफर भने मंसिर १५ गतेसम्म लागू हुनेछ । दुईदिनमै बैंकमा कर्जा लिन चाहाने ग्राहकहरु उल्लेख्य बढेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक  

माछापुच्छ्रे बैंकले पनि नाडा अटो शो गरेर आकर्षण अफर ल्याएको छ । बैंकले आफ्नै गाडी किन्ने सपना सजिलै साकार, माछापुच्छ्रे बैंकको सवारी कर्जाका साथ भन्ने नारासहित कर्जा अफर ल्याएको हो ।

६ वर्षसम्मका लागि विद्युतीय गाडीमा खरिदका लागि ग्राहकलाइ ७० प्रतिशत फाइनान्सिङ गर्ने भएको छ ।

त्यस्तै, इन्धनबाट गाडीमा ८ वर्षका लागि कर्जा लिँदा ५० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । बैंकले आधारदरमा ०.५ देखि १ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिनेछ ।

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अटो कर्जामा ईभी गाडीलाई नै विशेष प्राथमितामा राखेको छ । बैंकले विद्युतीय गाडीमा ७.६४ प्लस १ अर्थात् आफ्नो बेस रेट (आधार दर) मा १ प्रतिशत मात्र प्रिमियम चार्ज गरेर कर्जा उपलब्ध गराउने जनाएको छ ।

अरु पेट्रोलियम तथा इन्धनबाट चल्ने गाडीमा भने बैंकले बेस रेटमा २ प्रतिशत प्रिमियम चार्ज गर्ने जनाएको छ । बैंकका अनुसार सवारी कर्जा सहजीकरणमा बैंकले जम्मा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लिनेछ । साथै स्कीम दसैं, तिहार र छठसम्मै चल्ने बैंकले जनाएको छ ।

कृषि विकास बैंक  

कृषि विकास बैंकले पनि ईभी गाडीलाई विशेष प्राथमिकतामै राखेर अफर सवारी कर्जा अफर ल्याएको छ । बैंकले प्राइभेट कार खरिदको लागि ८.९९ प्रतिशत फिक्स्ड ब्याजदर तोकेको छ । जसमा फ्लोटिङ रेट ७.९९ प्रतिशत तोकिएको छ ।  

साथै कमर्सियल भेहिकलमा बैंकले फिक्स्ड रेट ८.९९ प्रतिशत ब्याजदर तोकेको छ भने फ्लोटिङ रेट ८.४९ प्रतिशत ब्याजदर तोकेको छ ।  महालक्ष्मी विकास बैंक  

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्ने जनाएको छ ।

बैंकले दुई वर्षसम्मको लागि स्थिर र दुई वर्षपछि बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने छ । बैंकले विद्युतीय सवारीका लागि पाँच वर्षको लागि ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पनि प्रदान गर्ने जनाएको छ ।

पेट्रोलियम सवारी साधनका लागि सात वर्षसम्मको लागि ५० प्रतिशतसम्मको फाइनान्स सुविधा प्रदान गर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.