‘टाटा ईभी अटो कर्निभल’ सुरु: विशेष अफर र माल्दिभ्स भ्रमणको अवसर
काठमाण्डौ । नेपाली बजारमा विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले शुक्रबारदेखि ‘टाटा ईभी अटो कर्निभल’ सुरु गरेको छ। यो विशेष कार्यक्रम साउन २५ गतेसम्म (अगस्ट ८ देखि १०) देशभरका टाटा मोटर्सका सोरुमहरूमा सञ्चालन हुनेछ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        