नाडामा सिएरा ईभी सार्वजनिक, अन्य २ मोडलमा विशेष छुट
काठमाण्डौ। नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो ।साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रि बुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दशैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा विद्युतीय सवारीमा वर्चश्व...

