मंगलवार, श्रावण २६,२०८३ 04:20:05
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 04:20:05
Bizshala
Global IME Bank Limited

टाटाले ल्यायो नयाँ पञ्च र टियागो ईभी, ठूलो ब्याट्री र अत्याधुनिक प्रविधि विशेषता

Prabhu Bank Limited
टाटाले ल्यायो नयाँ पञ्च र टियागो ईभी, ठूलो ब्याट्री र अत्याधुनिक प्रविधि विशेषता
New Office

काठमाण्डौ । सिप्रदी ट्रेडिङले टाटाका दुई नयाँ विद्युतीय मोडल ‘पञ्च ईभी फेसलिफ्ट’ र ‘टियागो ईभी फेसलिफ्ट’ सार्वजनिक गरेको छ । दुवै मोडल सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आजबाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’मा सार्वजनिक गरेका हुन् ।

दुई नयाँ गाडी सार्वजनिक भएसँगै नेपाली बजारमा टाटाका विद्युतीय सवारीसाधनका विकल्प थपिएका छन् । कम्पनीले टियागो ईभी फेसलिफ्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र पञ्च ईभी फेसलिफ्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीका अनुसार नयाँ पञ्च ईभीमा अघिल्लो मोडलको तुलनामा ठूलो ब्याट्री, बढी रेञ्ज, छिटो चार्जिङ सुविधा, अत्याधुनिक प्रविधि तथा थप प्रिमियम ड्राइभिङ अनुभव समावेश गरिएको छ । यसलाई थप शक्तिशाली र सुविधासम्पन्न विद्युतीय एसयूभीका रूपमा बजारमा ल्याइएको हो ।

ईभीको बिक्री विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि सिप्रदी ट्रेडिङले जोड दिँदै आएको जनाएको छ । सिप्रदी ट्रेडिङका चिफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभी बिक्रीसँगै सम्बद्ध सेवाको सञ्जालसमेत विस्तार भइरहेको बताए । उनका अनुसार हाल सिप्रदीको २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ३९ वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन् ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्राउने कम्पनीको प्रतिबद्धताअनुसार नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरिएको बताए ।

नयाँ पञ्च ईभीमा दुई ब्याट्री विकल्प

नयाँ पञ्च ईभीमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । नेपालमा गरिएको सडक परीक्षणका आधारमा यी ब्याट्रीले एकपटकको चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेञ्ज दिने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार ब्याट्री विकल्प छनोट गर्न सक्नेछन् ।

अत्याधुनिक ‘एक्टिभ’ प्रविधिमा आधारित पञ्च ईभीमा नयाँ पुस्ताका विभिन्न प्रविधि तथा सुविधा समावेश गरिएको छ । गाडीमा उच्च क्षमताको ब्याट्रीसँगै फाइभ स्टार सुरक्षा रेटिङ, आवाजबाट सञ्चालन गर्न सकिने विद्युतीय सनरुफ, हर्मनको २६.०३ सेन्टिमिटरको सूचना तथा मनोरञ्जन प्रणाली, ३६० डिग्री क्यामरा, ३६६ लिटरको बुट स्पेस र ६ वटा एयरब्याग उपलब्ध छन् ।

त्यस्तै, पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स पनि रहेको छ । यससँगै थप सुरक्षा सुविधा समावेश गरिएकाले सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै, गाडीमा १.५ सीडीसी फास्ट चार्जिङ, हावा प्रवाह हुने छालाजस्तो सिट, नेभिगेसनसहितको २६.०३ सेन्टिमिटर डिजिटल ककपिट तथा ६० भन्दा बढी सुरक्षा सुविधा उपलब्ध छन् ।

नयाँ पञ्च ईभी विभिन्न आकर्षक रङमा समेत उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो गाडी बेङ्गाल रोज (रातो), फियरलेस यल्लो, एम्पावर्ड अक्साइड, प्योर ग्रे र प्रिस्टिन हाइट रङमा उपलब्ध छ ।

दैनिक आवतजावतका लागि ‘टियागो ईभी’

टाटाको अर्को विद्युतीय गाडी ‘टियागो ईभीलाई दैनिक आवतजावतका लागि उपयोगी विद्युतीय ह्याचब्याकका रूपमा बजारमा ल्याइएको हो । यसमा अघिल्लो मोडलको तुलनामा थप सुविधा तथा प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।

व्यवहारिक, सहज र प्रविधिमैत्री विद्युतीय सवारीसाधन खोज्ने ग्राहकलाई लक्षित गरी टियागो ईभीको फेसलिफ्ट ल्याइएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X