काठमाडौं। सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले टाटा मोटर्सका कमर्सियल सवारीसाधनका लागि सेवा समय विस्तार गरेको छ।
असोज १ गतेदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब सर्भिस सेन्टर बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सेवा उपलब्ध थियो।
सेवा समय विस्तारसँगै दिनभर यात्रु तथा मालवाहक सवारी सञ्चालन गर्ने व्यवसायीले नियमित काम प्रभावित नगरी साँझको समयमा सवारी मर्मत तथा सर्भिस गराउन सक्ने कम्पनीले जनाएको छ।
सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स तथा प्रशिक्षित प्राविधिकमार्फत सेवा उपलब्ध गराइनेछ। त्यहाँ नियमित मर्मतसम्भारका साथै आकस्मिक समस्या समाधानको सुविधा पनि पाइने बताइएको छ।
नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्टको प्रयोगले इन्जिन, ब्रेक र क्लच प्रणालीमा क्षति पुग्नुका साथै मर्मत खर्च बढ्न सक्ने भन्दै कम्पनीले आधिकारिक सेवा केन्द्र र सक्कली पार्टपुर्जा प्रयोग गर्न ग्राहकलाई आग्रह गरेको छ।
सवारीसाधनको ‘डाउनटाइम’ घटाउँदै सञ्चालन खर्च न्यून गर्ने र ग्राहकलाई बिक्रीपछिको सेवा थप सहज तथा पहुँचयोग्य बनाउने उद्देश्यले सेवा अवधि विस्तार गरिएको सिप्रदीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।