काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४ करोड ३१ लाख रुपैयाँ खुद घाटामा गएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनी ३ करोड ९० लाख रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेर ६ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ करोड ८ लाख रुपैयाँ थियो ।
कम्पनीको खराब कर्जा अनुपातमा सुधार आएको छ । अघिल्लो वर्ष ६.६७ प्रतिशत रहेको खराब कर्जा घटेर ४.५७ प्रतिशतमा झरेको छ ।
फाइनान्सले ७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा–निक्षेप अनुपात ७६.७४ प्रतिशत रहेको छ ।
कम्पनीको पूँजी पर्याप्तता अनुपात १०.४९ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी २०.३५ रुपैयाँ ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ ७८.३३ रुपैयाँ रहेको छ ।
कम्पनीको वितरणयोग्य नाफा ४० करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।