प्रोग्रेशिभ फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले दुई आवको साधारण सभा एकैपटक आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औं र २८ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस २९ गते ललितपुरमा रहेको ज्यापु प्रज्ञा भवनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । संस्थाले गत आवका लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि...