काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले दुई आवको साधारण सभा एकैपटक आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औं र २८ औं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी पुस २९ गते ललितपुरमा रहेको ज्यापु प्रज्ञा भवनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । संस्थाले गत आवका लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि अजेण्डा पेश हुनेछैन ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० र २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।