काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले विभिन्न सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न चाहने कम्पनीका जोसुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।
बिक्री गर्ने संस्थापक र बिक्री मूल्यका बारेमा भने कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने कम्पनीले जनाएको छ ।