आईतवार, फाल्गुन ३,२०८२ 02:12:55
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:12:55
Bizshala
Global IME Bank Limited

नयाँ वर्ष २०२६ अवसरमा टाटाको ‘न्यू इयर बिग स्विच’ अफर सार्वजनिक

नयाँ वर्ष २०२६ अवसरमा टाटाको ‘न्यू इयर बिग स्विच’ अफर सार्वजनिक
Shivam Cement

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहक लक्षित विशेष ‘न्यू इयर बिग स्विच’ कार्यक्रम सार्वजनिक गरेको छ। चार दिनसम्म सञ्चालन हुने यो अफर जनवरी १५ देखि १८ (माघ १ देखि ४) गतेसम्म लागू हुनेछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस अवधिमा ग्राहकहरूले आफ्ना पुराना जुनसुकै ब्रान्डका सवारीसाधन साटेर टाटाका अत्याधुनिक गाडीमा अपग्रेड गर्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार ‘बिग स्विच’ कार्यक्रमको मुख्य उद्देश्य पुराना गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन उपलब्ध गराउँदै नयाँ सवारी अनुभव प्रदान गर्नु हो।

कार्यक्रमअन्तर्गत टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई आकर्षक उपहार र नगद छुटको सुविधा दिइनेछ। विशेषगरी विद्युतीय सवारी (ईभी) रोज्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ जडानजस्ता विशेष सहुलियतहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै नयाँ गाडी खरिद गर्दा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिजसमेत प्रदान गरिनेछ। ‘न्यू इयर बिग स्विच’ अफर टाटाका टियागो, नेक्सन, पञ्च, सफारी र कर्भ ईभीसहितका लोकप्रिय आईसीई तथा ईभी मोडेलहरूमा लागू हुनेछ।

कम्पनीले यस कार्यक्रममार्फत नेपालमा अत्याधुनिक र वातावरणमैत्री सवारीसाधनको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.