बिहीबार, आश्विन १,२०८३ 06:19:08
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 06:19:08
Bizshala
Global IME Bank Limited

विश्वकर्मा पूजाको अवसरमा एकैदिन १५० टाटा गाडी हस्तान्तरण

विश्वकर्मा पूजाको अवसरमा एकैदिन १५० टाटा गाडी हस्तान्तरण
New Office

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्वकर्मा पूजाको अवसर पारेर देशभर एकैदिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।

विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा लोकप्रिय छ। यही अवसरलाई लक्षित गर्दै सिप्रदीले देशभर रहेका आफ्ना २२ वटा सोरुममार्फत ग्राहकलाई गाडी हस्तान्तरण गरेको जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

हस्तान्तरण गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडल न्यू टियागो ईभी, न्यू पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीलगायत छन्। यससँगै विभिन्न इन्टरनल कम्बसन इन्जिन अर्थात् आईसीई मोडलका गाडीसमेत ग्राहकलाई उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यीमध्ये अधिकांश गाडी यस वर्ष आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक तथा बुकिङ गरिएका थिए। प्रदर्शनीमा ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी विश्वकर्मा पूजाका दिन गाडी हस्तान्तरण गरिएको सिप्रदीले जनाएको छ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढिरहेका बेला टाटाका नयाँ पुस्ताका ईभी मोडलको उल्लेख्य डेलिभरी भएको हो। विशेषगरी न्यू टियागो ईभी, न्यू पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको दाबी छ।

Muktinath Bikas Bank Limited

एकैदिन देशभर ठूलो संख्यामा गाडी हस्तान्तरण हुनुलाई नेपाली बजारमा टाटा मोटर्सका सवारीप्रति कायम ग्राहक विश्वास र रुचिको संकेतका रूपमा कम्पनीले व्याख्या गरेको छ। सिप्रदीले आधुनिक प्रविधि, सुरक्षा, सुविधा र फरक आवश्यकताअनुकूलका सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ।

विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको दिन नयाँ गाडी घर भित्र्याउने परम्पराका कारण पनि डेलिभरी कार्यक्रम विशेष बनेको कम्पनीको भनाइ छ। ग्राहकको आवश्यकता र बजारको मागअनुसार टाटा मोटर्सका नयाँ मोडल नेपाली बजारमा निरन्तर भित्र्याइने सिप्रदीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.